बनाइएको पागल

हो, शिक्षित मान्छे मुर्ख हुन्छ
अझ झन मुर्ख हुन्छन् पढेका कुरा व्यबहारमा उतार्न खोज्ने विद्वानहरु
मुर्ख ऊ मात्र समाजमा हुन्छ
चेपिएर , पिल्सिएर , मिचिएर बाचेको उ साच्चै एक विद्वान हुन्छ ।

समाजलाई उसले विष देख्छ र विषालु मानिसलाइ ऊ अमृतमा चोबाल्न खोज्छ
अनि बल्ल ऊ मुर्ख हुन्छ
पहिले मुर्ख …त्यसपछि पागल
यस्ता शब्दले जब उसको कान छुन्छ
तब ऊ देवकोटा सम्झदै रुन्छ ।

कसैले नदेखेको फुलबारी त्यै मुर्खले देखेको हुन्छ
कसैले नलेखेको शब्द त्यै मुर्खले लेखेको हुन्छ
कसैले नबोलेको वाक्य त्यै मुर्खले बोलेको हुन्छ
यसरी ऊ समाजमा भिन्न हुन्छ
अनि बल्ल ऊ मुर्ख हुन्छ ।

जब उसको साथी किताबको पन्ना बन्छ
तब ऊ अन्धबिश्वासको पहाड खन्छ
खन्छ खोज्न त्यहाँ नयाँ फुलका मुनाहरु
खन्छ खोज्न त्यहाँ नयाँ बुद्धका सन्देशहरु
खन्छ खोज्न त्यहाँ नयाँ देवकोटाका रचनाहरु
खन्छ खोज्न त्यहाँ नयाँ सेक्सपियरका नाटकहरु
अब ऊ त्यहाँ नयाँ दसरथ माझी हुन्छ
अनि बल्ल ऊ मुर्ख हुन्छ ।

शिक्षित शब्द जब अशिक्षितको कानमा पर्छ
तब शिक्षित त्यहाँ मुर्ख हुन्छ
तब कबि त्यहाँ मूर्ख हुन्छ
तब बैज्ञानिक त्यहाँ मुर्ख हुन्छ
तब गुलाफ त्यहाँ मूर्ख हुन्छ ।

न सोच उसको अरु कसैसँग मिलेको हुन्छ
न खोज उसको अरु कसैसँग मिलेको हुन्छ
यसरी उ समाजमा भिन्न हुन्छ
अनि बल्ल उ मुर्ख हुन्छ
पहिले मुर्ख ….त्यसपछि पागल
यस्ता शब्दले जब उसको कान छुन्छ
तब ऊ देवकोटा सम्झदै रुन्छ
तब ऊ आइन्स्टाइन सम्झदै रुन्छ
तब ऊ निकोला सम्झदै रुन्छ
तब ऊ क्यान्टोभ सम्झदै रुन्छ
तब ऊ पाइथागोरस सम्झदै रुन्छ
तब ऊ कालीदास सम्झदै रुन्छ ।

तर साचो कुरा त
ऊ मात्र बनाइएको मुर्ख हुन्छ
ऊ मात्र बनाइएको पागल हुन्छ ।

© राजकमल खरेल

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s