FROM THE EYE OF A DEAD : A BORN OF REAL MAN


म जुन म थिइन अहिले छु । म जुन तिमी म भन्थ्यै त्यो मरिसक्यो । तिमीले कहिल्यै मलाई चिनेनै , चिन्यौ त केवल मेरो शरीरलाई जुन मलाई अरुले नै बस्न दिएको थियो , चिन्यौ त मेरो नामलाई जुन मलाई हैन शरीरलाई दिइएको थियो । म त म । मरेको त मेरो घर हो, म बस्ने ठाँउ । तर तिमीलाई थाहा छ मैले मरे पछि मात्र मलाइ चिने ……. बाचुन्जेल ऐनाले देखाएको म त म हैन रहेछ । संसारमा अहिले सबैभन्दा खुशी र सुखी कोहि छ त त्यो म हु किनभने आज , अहिले मेरो शरीर ढल्यो अनि म उठे । तिमीले मेरो शरीर ढलेको त देख्यौ तर म उठेको देख्न सकेनौ त्यसैले त सधै बग्ने ति सस्ता आसुले मलाइ बिदा गर्दैछौ । आश्चर्यको कुरा म त पहिले पनि शरीरमा रहेछुनी तर आज शरीरमा ढलेपछी मात्र थाहा पाए । मैले त म आफुलाइ चिनेको समय , म आज म भएको समयमा त तिमीले बाजा बजएर गाएको , नाचेको , रमाइलो गरेको हेर्न चहान्छु किनकि मैले मलाइ चिनेको समय एउटा स्वागतको समय हुनुपर्छ । 
पहिला मेरो शरीर बोल्द्थ्यो तिमी सुन्दैनथ्यौ तर अहिले म जुन म हु त्यो शान्ता छ अनि तिमी चै तिम्रो कानले मेरो शरीरको मुखबाट निस्केको आवाज सुन्न चहान्छौ जुन शरीर त अघिनै मरिसक्यो । 
म त अब स्वतन्त्र , बिल्कुल स्वतन्त्र तिम्रो नियम कानुनभन्दा धेरै माथी किनकि म जिवित छु , शरीर हैन । तिमी त मस्त निन्द्रामा छौ त्यसैले तिम्रोलाइ नियम र कानुन छ तर मलाइ थाहा छ जुनदिन तिम्रो शरीर गहिरो निन्द्रामा ढल्नेछ अनि जुन तिमी होउ त्यो उठ्नेछ र त्यै समयमा मैले बोलेको शान्त आवाजलाई सुनेर तिम्रा शान्त आवाजहरुले मेरो माथीका प्रत्यक वाक्य  दोहोर्‍याउनेछ । हो त्यति बेलामा त मैले नयाँ  नाम पाइसकेको हुन्छु नयाँ शरीरमा ।

© Rajkamal Kharel

3 Comments

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s