आमा, छोरा च्यापी रहेछिन
सान अनि नाम कमाउनेहरुको बीचमा
आमा, छोरा च्यापी रहेछिन
दान अनि धर्म कमाउनेहरुको बीचमा
आमा, छोरा च्यापी रहेछिन
म,
म जब थकित अनुहारहरुलाइ हेरेर आफ्नो थकाइका थकान मार्न साझ बौद्ध जान्छु ,
एक्लै, बेग्लै भिडहरुको बीचमा ।
बौद्धका या बुद्धका ती आँखामा यी आँखा राखेर ती आँखा हेरिरहदा बेग्लै महसुस हुन्छ मलाई ।
कसको कुरा पनि बिश्वास नगर्ने र धेरै नबोल्ने ,
अन्तरमनका कुराहरूले तब छुन्छ मलाइ ।
सुन्दर ती बुद्धका मुर्तिहरु शान्त छन् तर व्यापारी आतुर छन्
यसरी शान्त अनि आतुर मनहरुको बीचमा
आमा, छोरा च्यापी रहेछिन ।
न माने घुमाएर म शान्त हुन्छु ,
न मन्त्रले मलाइ शान्त बनाउछ ,
बस् ती माने र मन्त्रहरुको बिक्मा एक्लै हराउछु , म बेग्लै हराउछु ।
मेरा साना पाइला अघि बढिरहदा , ठिटीहरु पर मयन बालिरहेछ्न
अनि मस्तिष्कमा अनेक तरङ्ग फैलिरहदा मन लिएर अगाडि बढ्छु म ,
यसरी मेरा कविताका एक पछि अर्को पात्रहरुको बीचमा
आमा, छोरा च्यापी रहेछिन ।
उनी कचौरो र हात त होइन
जीवन र कर्म थापिरहेछिन
ती जीवन र कर्ममा म माया दर्साउन जादा पनि
उनि, छोरा च्यापी रहेछिन
आमा, छोरा च्यापी रहेछिन ।
यी न्याना काखहरुलाइ हेर्दा म ती न्याना काखहरुको स्पर्श गर्छु
जुन न्याना काखहरुले मलाई नमर्दाको स्वर्ग देखाएको थियो
स्वर्गको मज्जा लिइरहेको त्यो छोरालाइ देखेर मस्तिष्कमा अनेक तरङ्ग फैलिरहदा
मन लिएर अगाडि बढ्छु म
यसरी थकित अनुहारहरुलाइ हेरेर आफ्नो थकाइका थकाइहरु थाकिसकेपछि , हिड्छु आफ्नै घरतिर
एक्लै , बेग्लै फेरि अर्कै भिडहरुको बीच ।
समय,
समयले एका बिन्दुबाट हाम्रो जिन्दगी बढाइ रहेको र अर्को बिन्दुबाट जीवन घटाइ रहेको महसुस गरिरहदा म अर्को साझ बौद्धमा आइपुगेको हुन्छु ,
आज माने हल्लाउने बुढीबजै दुई तीन फेरो लाउदा पनि देखिन
उमेरमा ७० पनि बढी, लौरो एउटा सिलाभर , टल्केको कलर, मैलो लुगा अनि सफा मन
बुढामान्छेहरुको एक हुलिया ।
यस्तै बेस्तै यस्तै त्यस्तैहरुको बीचमा
आमा, छोरा च्यापी रहेछिन
आमा, छोरा च्यापी रहेछिन ।
म,
म अस्ति आउँदा पनि आमा, छोरा च्यापी रहेथिन
हिजो आउँदा पनि उनी , छोरा च्यापी रहेथिन
आज पनि आमा, छोरा च्यापी रहेछिन ,
यी दिन-दिनको दृश्यमा छोरा मैले काखमा देखे
खेल्ने, कुद्ने उमेर उसको , लगातार ३-दिनको ३-फेरोमा ३-पटकनै काखमा सुस्ताएको भेटे
न दुध चुसाइ राम्ररी देखिएको छ ,
न उ चलेको देखिएको छ ,
बस काखमा उ मस्त चुसी रहेछ , चुसीरहेछ उ पृथ्वी ,
पछ्यौराले छोराको शरीर पुरै छोपेर
आमा, छोरा च्यापी रहेछिन ।
मन घर जान नमानीरहदा , यी साना पाइला एक फेरो अर्को गर्न लम्कियो ,
र यसपाली चनाखो भइ, आमाको नजीक हुने आट गरे ,
खल्तीबाट २० रुपैया झिकी उनलाई यो माया दिदा ,
मुटु भारी पारी भकानिदै घर फर्किए
त्यहीपनि आमा, छोरा च्यापी रहेछिन
सान अनि नाम कमाउनेहरुको बीचमा
दान अनि धर्म कमाउनेहरुको बीचमा
आमा, छोरा च्यापी रहेछिन ।
© Rajkamal Kharel
Ekdam ramro lekhai, man chune shabda. Keep it up. 🙂
LikeLike