लासको बिलौना ! – राजकमल ‘फकिर’

चितामा यो शरीर सुताएर,
आफू उठेको छु,
अब हिड्नु छ मैले,
जीउँदै हिंड्न नसकेका हिडाइहरु,
मर्दै, फेर्दै तर्न नसकेका समुन्द्रहरु,
अब पर पुग्नु छ, पर अलि पर पर,
क्षितिजमा झुन्डी कहिल्यै नडुबेको सुर्यलाई
थचार्नु छ जमिनमा,
जुनको शितलताले रङ्ग्याउनु छ रमाको छाउहरु,
हेर्नू छ च्यातेर आमाका चोल्ठाहरु,
बोल्नु छ बाबुसङ आफ्ना इच्छा र रहरहरु,
अब मलाई लेख्नु छ बुद्धले लेख्न नसकेका
अश्लिलता ।

स्वतन्त्र भएको छु,
शिक्षा र युद्धबाट,
शान्ती र हिंसाबाट,
मुटु र मस्तिष्कबाट,
महसुस गर्नुछ मलाई त्यो छात्राको छातीले
बोलेको बिद्रोह,
जुन छातीमा शिक्षकले आफ्नो शिक्षालाई
हराएका थिए ।

हावा लिन छोड्नु छ,
आगो निल्नु छ अब मलाई,
चितामा यो चित्त बाल्नु छ,
जुन चित्तमा दबिएका छन्,
आमाका आशुँहरु,
साथीका साथहरु,
प्रेमका भुलहरु,
पारिजातका बगैंचाहरु र
मृत्युका भयहरु,
पोल्नु छ अब सबै अमिला बहानाहरुलाई,
रगत र मुटुका सम्बन्धहरुलाई,
फेरि माया र तिम्रा फिक्सनहरुलाई,
भरै पुग्ने छु म घर, अहिले लास हुनुछ,
फगत लास !
आज सुत्छु मात्र एउटा सिरानी लिएर,
म भित्तानै निदाउनेछु खादाकै कम्बलमा,
म भित्तामा नै ठिक छु,
नसोच्नु म जिँउदो छु,
नसोच्नु म मरेको छु,
म छु,
यतै कतै चलिरहेको,
त्यो १९१९ मा बाजेले पाएका बेलायती घडिजस्तै,
टिक्टक! टिक्टक! प्रत्येक पल,
र बोल्न छोड्छु म भित्ताबाट त्यो दिन,
जुन दिन हिडिपुगी सकेको हुनेछु कविताको
सुरुदेखि अन्त्यसम्म,
हो! त्यस दिन बेटरी सकियो भन्ठानेर मिल्काउनु
मलाई कुनै फोहोरको कन्टेनरमा !
अनि बल्ल म मृत्युमय हुन्छु !
आहा ! म मृत्युमय हुन्छु !

#peace

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s