दयालु रुख

These poems were written on purpose of submitting at a opening of theater at Kathmandu. One of mine and one of my friend.

Rajkamal Fakir –

देखेको सुनेको संसारबाट अलि पर एउटा सुन्दर मैदान छ,
फुलस्तै फुल फुलेको मैदानमा तारा फुल्छ्न र माझमा मात्र एउटा रुख छ ; दयालु रुख ।

रुख शान्त छ,
न मोहको वेगले उसको पत्र हल्लाउछ,
न लोभले
न क्रोध छ ऊनीसङ
न बिरोध
न अहंकार छ
न छ ऊनीसङ अहम्
उ मात्र मात्र आफू छ ,
शान्त छ, मौन छ, भौतिक कुरुपताबाट पर; दयालु रुख ।

प्रत्येक साझँ ताराहरु छल्दै पुग्छन् एक ऋषि त्यहाँ,
बस्छ ऊ बिपासना गर्न, दिब्य रुखको महाशुन्य छ जहाँ,
ध्यान र तपको गहिरो बसाईमा, दया रुख गरिरहन्छ अनि बिउँझन्छ ऊ,
मत्याउछ उसलाई शुन्यता र सत्यताको मधुरो आवाजले,
अनि नाच्छ, गाउछ, रमाउछ ऊ चरम आनन्दमा,
र स्तुति गरिरहन्छ रुखको ; दयालु रुखको ।

यो,
यो रुखको संसारिक अस्तित्व छैन,
यो रुख प्रत्येक मानिस भित्र भएको आध्यात्मिक चेतनाको प्रतिबिम्ब हो,
मात्र मानिसले पर्दा चिरी चिहाउनु छ भित्र,
अनि जिवित हुन्छ यो रुख प्रत्येक व्यक्तिमा
न मोह
न लोभ
न क्रोध
न बिरोध
न अहंकार
न अहम्
अब मानिस मात्र मानिस हुन्छ,
ऊ अब दयालु रुख हुन्छ,
शितल तारा लहराउने मैदानको बिचमा ।

मलाई थाहा छ,
तिमी रुख हौ मानिस, दयालु रुख,
तर छोपेछ तिमीलाई अरुनै बृक्षको भयंकर छायाले,
आखाँं खोल ऋषि, आखाँ बन्द गर ऋषि,
जाउ ऋषि तिमी जाउ,
भित्र,
भित्र जाउ,
अझ भित्र जाउ,
र उठाउ सुतेको आफू भित्रको दयालु रुखलाई,
मर्नु पर्ने छ तिमिले ।

त्यसैले,
मर मानिस तिमी, मर ऋषि तिमी,
आफुलाइ उठाउ,
पिउनु पर्छ तिमीले तिम्रो मृत्यु,
अनि त बुद्धत्वले मत्याउछ तिमिलाइ,
अनि दयाले मत्याउछ तिमिलाइ,
बस रित्तो हुन्छौ तिमी , हलुँगो हुन्छौ तिमी,
न मोह
न लोभ
न क्रोध
न बिरोध
न अहंकार
न अहम्
अब तिमी मात्र तिमी हुन्छौं
अब तिमी दयालु रुख हुन्छौं
शितल तारा लहराउने मैदानको बिचमा ।।।

☯️

Jaidip Subedi –

आज त मेरा कोपिलाले पनि
भमरा मन पराएको दिन ।
फुल्नै नसकेर झरेकाहरु
पनि फेरि म जस्तै होलान् कुनैदिन ।

म पनि सायद यिनिहरु जस्तै
थिएँ होला जमानामा
अहिले हेर ठूलो भएको छु ।

न त झर्न पाँउछु
न त चाहे जसरी
फेरि फुल्ननै ।

तर खुशी छु
खुशी हुन कारण चाहिन्न त्यसैले होला ।

नत्र त दुखी हुन धेरै कारण छन् मेरा ।

काटिने डर त म जस्ताले जन्मे देखी नै
लिन पर्छ तर पनि कहिलेकाहीँ ती बिरुवा
बारे सोच्छु ;

ति कलिलालाई बचाउन भएपनी म बुढोले
मर्नै पर्छ ।

एकदिन तिनिले पनि कसैलाई बचाउने छन्
भन्ने आशमा;
आज म जीवन र मरणको त्यो
तगारोमा छु,
जहाँ बाट म जस्ता कोहिपनि
जिम्दै फर्कि आएनन् ।

यदाकदा ती फुल्न नसकेर
झरेका बिउहरु रुख बनेपछी
सोच्दा हुन्;

त्यो दयालु रुखले हामीलाई
झर्ने अधिकार नदिएको भए
अहिले फुल्ने अधिकार पाउने
थिएनौं ।

र म सोचुँला त्यही
फुल्ने अधिकार पाएर त
आज काटिने कर्तव्य बोकि
हिडिरहेको छु ।

☯️

#peace

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s