☯️
एउटा अमिलो सहर छ,
जहाँ तिता सपनाले बनेका घरहरुमा
मिठो सिरानी हालेर
म नुनिलो निन्द्रा निदाइरहेछु !
यहाँ न रात छ
न रातको बिपरित बिहान,
यहाँ मात्र छ एउटा चिहान !
जहाँ म हरेक रात रातो
ताबुतमा हरिया सपना देख्छु !
बिहान ति सपना पहेँला हुन्थे,
तर अफसोस यहाँ अहिले बिहान हुदैनन् !
न सुर्य छ, न त लाइटर,
म आफ्नै चिता ताप्छु,
धुवाँ खान्छु र आगो अोकल्छु,
आर्यघाट भन्दा अलि पर मेरो घर,
तितो सपनाको घर !
तर फेरि तिमी छौ !
तिमी छौ त बिहान छ,
घाम छ, रात छ,
चिहान छ, जमिनमा गाडिएको ताबुत छ,
तर त्यसमा म छैन !
म त निदाइरहेछु,
एउटा स्वादिलो सहर छ,
जहाँ स्वादिला सपनाले बनेका घरहरुमा
स्वादिलो सिरानी हालेर
म स्वादिलो निन्द्रा निदाइरहेछु !
#peace