मेरो घरको ऎनामा तिम्रो अनुहार छ
चिटिक्क छ, टल्किने
तर
म त्यो ऎनामा आफुलाइ हेर्दा
ऎना चर्केको देख्छु
कति सजिलो अनुहार थियो त्यो पहिलेको
कति सजिलै बसेथियौ तिमी अनुहार लिएर त्यहाँ
अहिले चर्केको त्यो ऎनालाई देख्दा
मलाई अचम्म लाग्छ
मलाई हासो उठ्छ
जुन कसरी हेर्दो हो आफुलाइ
प्रत्येक टुक्रेको समुन्द्र, खोला, इनारमा
अनि….अब
के म अर्को ऎनामा आफ्नो अनुहार पखालुम ?
कि त्यहाँ पनि तिम्रो दाग हुनेछ ?
के म अब उदाउन छोडौ ?
कि त्यहाँ पनि तिम्रो रात हुनेछ ?
म टोलाइरहन्छु एकनासले त्यो ऎनालाई देख्दा
हास्दो हो त त्यो ऎना, कति मज्जाको देखिन्थ्यो मेरो अनुहार
“हेर, अस्तिको टाटा अझै मेटेको रहेनछ यो ऎनाले ?”
म बेस्सरी कराउछु, “मुजि ऎना ”
राख्दिन अब यस्लाइ म घरमा,
अनि त ,
फालिदिए पोखरीमा र फर्के अर्को ऎना बोकेर
त्यो ऎनामा आफुलाइ हेर्दा
फेरि ऎना चर्केको देख्छु
कति सजिलो अनुहार थियो त्यो पहिलेको
कति सजिलै बसेथियौ तिमी अनुहार लिएर त्यहाँ
अहिले चर्केको त्यो ऎनालाई देख्दा
म थप केहि बोल्दिन …….
त्यसलाई फेरि पोखरीमा मिल्काएर, अर्को ऎना बोकेर आउछु
त्यो ऎनामा आफुलाइ हेर्दा
ऎना चर्केको देख्छु
त्यसलाई पोखरीमा मिल्काउछु र अर्को ऎना बोकेर आउछु
त्यो ऎनामा आफुलाइ हेर्दा
मिल्काउछु, नयाँ ल्याउछु,
मिल्काउछु, नयाँ ल्याउछु,
मिल्काउछु, नयाँ ल्याउछु,
मिल्काउछु, नयाँ ल्याउछु,
………
……..
……
….
…
..
.
म एक्काइसौं शताब्दीको मोर्ड्न सिसाइफस हु ।
#peace