मेरो मस्तिषकमा शान्ति छैन। म शान्तिको खोजीमा जब हरेक पटक यो शहरलाई केहि फन्को लाउँछु म फिनिन्न हुन्छु। अर्थात शान्ति खोज्न गएको मान्छे विचलित मन लिएर फर्किनुपर्ने हुन्छ। यो विचलित मनले लिएर त्यसपछि म केहि लेख्न बस्छु। आज पनि केहि लेख्न लाएको छु यहिँ अवस्थामा। आज म हामी पुरूष वर्गले महिला वर्गलाई सोचेर गरिने चाहे गम्भीर प्रकृतिका विषय हुन् या सामान्य त्यसैका बारेमा केहि टीकाटिप्पणी गर्न चाहेको छु। यहिँ पुरूषले गर्ने प्रश्न महिलाले गर्दा समाजका कति मैला हटेर जालान भन्ने कुरामा पनि एउटा विश्लेषण गर्न चाहेको छु।
स्त्रीलाई यो समाजले आजको दिनसम्ममा आँउदा पनि यौनिकताको नजरबाटै हेरिराखेको छ। समाज भन्ने बित्तिक्कै सबैले भन्ने लाग्ला तर मैले यहाँ पुरूष वर्गलाई इंगित गरेर भन्न खोजेको हो यस अर्थमा कि समाजमा स्त्रीसँग विद्द्मान सम्स्या पुरूष वर्गका कारण बढि भएको पाइएको छ। चाहे त्यो बलत्कार कै घटना किन नहोस् वा सार्वजनिक ठाउँहरूमा स्त्रीहरूसँग गर्न खोजिने दुर्वयव्हारको कुरा नै। यस्ता घटनाले यति कुरा चाहिँ सपष्ट पार्छ कि हाम्रो समाज जति पढेर वा जानेर सामाजिक हिसाबमा एउटा स्ट्याण बनाए पनि समाज अझै महिला मैत्री हुनसकेको छैन। अब यो परिवेशमा पुरूष वर्गले महिला माथि उनीहरूको यौनिकतामा प्रश्न नउठाउलान भन्ने कुरामा केहि सङ्कोच नै छैन। चाहे विवाहको बेला होस् वा विवाह पछि उनीहरूको यौनिकतामा कुनै दाग देखियो भने त्यो रातो सिन्दुर त्यो रातमा नदेखिएको रातो रगत जसरी नै विलिन भएर जान्छ। अर्थात उसको वैवाहिक जीवनमा अब सुमधुर पन आउँदैन ताकि धेरै प्रश्न चिह्नहरू खडा हुन्छन। उ पारिवारिक र सामाजिक रूपमा वहिष्कार हुन पुग्छे। यो समाज जो स्त्रीको कुमारीत्वलाई हेर्ने गर्छ, पुरूषको कुमारत्वलाई चाहिँ किन हेर्दैन? के पुरूषहरूलाई स्त्री जातिको शारीरिकता माथि आफूलाई चाहे जतिको प्रश्न उठाउने अधिकार छ? यो त पक्कै छैन। म आज यतिबेला यो घडीमा के सोचिरहेको छु भने अब यहिँ स्त्री जातिसँग एउटा पुरूषले गर्ने यहिँ प्रश्न महिलाले पनि गरून्। उसले पनि पुरूषको यौनिकता माथि भरपूर प्रश्न उठाअोस् तर प्रतिशोधको भावनाले भने चाहे होइन। यसमानेमा कि महिलाको जीवन पनि कुनै सस्तो कुरा भने पक्कै होइन। उसको पनि जीवनले यो समाजमा एउटा हिस्सा अोगटेको छ भन्ने कुरा बोध गराउनलाई भए पनि स्त्रीहरूले खुलेर यस किसिमका प्रश्न गरून र आफूले चाहेको असल मान्छे चुनून। सधैँ पुरूषले महिला चुन्ने देशमा माहिलाले पुरूष चुनून र पुरूषले पनि महिलाको सामर्थयलाई चिनून।
पुरूषहरू कति कोणबाट सोच्छन् महिलाको बारेमा आज एउटा बुझ्न सक्ने पुरूष भइसकेपछि आफूलाई त्यो कुराको मनन हुन्छ। सबै पुरूष हामीले सोचेजस्ता खराब पनि हुँदैनन् र सबै स्त्री हामीले सोचे जस्तो असल पनि हुँदैनन्। पुरूषले महिलाका बारेमा राम्रा पनि सोचेका हुन्छन् र नराम्रा पनि तर म आज ति राम्रा कुराको बारेमा चर्चा गर्दिन। महिलासँग यथावत रहेका समस्या आज केहि नराम्रा सोचका कारण बढेका हुन् र अझै बढ्दै छन्। अब फेरि प्रश्न उठ्छ कति सम्मको कुरालाई जुन पुरूषले गरेको छ त्यसलाई नराम्रो भन्ने हो। मानौ न पुरूषहरू स्त्रीका केहि संवेद्धनशील अंगबाट बढि प्रभावित हुन्छन् र फेरि यो हुनु नराम्रो होइन किन कि यौन हामीले आँफै विकास गरेको कुरा नभएर स्वउत्पतिको कुरा हो। उनीहरू त्यसता अंगका बारेमा कुरा गरेर एक किसिमको यौन तृप्तिको भावनालाई मेट्न खोज्छन् कोही भने महिला माथि दुर्व्यावहारको प्रयास गर्छन। हुन त अरूको शारीरीकता माथि हामीले टीकाटिप्पणी गर्ने अधिकार छैन र यसलाई प्रोत्साहन गर्नु त झन् राम्रो कुरा नै होइन। यसलाई गर्दे गर्नु हुन्न भनेर सुधार आउला भनेर सोच्नु भन्दा पनि माहिलाका ति अंगका बारेमा समाजमा सकरात्मक नोटमा कुरा गरिनु जरूरी छ। तर हाम्रो समाजमा हामीले महिलालाई लिएर जति सकरातम्क विचार राखे पनि आंशीक रूपमा मात्र सुधार आएको छ जुन समाज परिवर्तनका लागि पर्याप्त छैन। म फेरि यहि घडीमा यसरी पनि सोचिरहेको छु कि के महिलाहरूले पनि पुरूषले जसरी उनीहरूका अङ्गका बारेमा रमाइलो विषय बनाउने हो भने के पुरूष जाति आफूलाई सहज महशुस गर्थे होला त? अवश्य पनि गर्दैनन्। फेरि एक हिसाबले यो कुरा महिलाका लागि भने सम्भव छैन किनकि समाजमा पुरूषको एकाधिकार बढि भएको कारणले महिला यसै पनि पछि परेका छन्। तर म के चाहान्छु भन्दा महिला पनि पुरूषका अंगका बारेमा भरपूर सोचून तर प्रतिशोधको भावनाले होइन। पुरूषले महिलाका बारेमा त्यसरी सोचेर एउटा गफको विषय बनाउन सक्छन् भने के महिला त्यो गर्न सक्दैनन् त? उनीहरू गर्न सकछन् तर गर्दैनन् जसले गर्दा उनीहरू पछि परेका छन्। फेरि यो विषयमा कुरा गर्ने भन्दैमा अमर्यादित शैलीमा भने चाहिँ गर्नु हुन्न। म चाहान्छु महिलामा पनि पुरूषकै जत्तिकै मात्रामा अराजक पन हुनु पर्छ। म चाहान्छु महिला पनि पुरूषले फैलाएको आयाममा हरेक कुरालाई अनुभूति गर्न सकून। महिला पुरूष जस्तो हुने भूल कहिल्यै गर्नू हुँदैन। महिलाले सधैँ पुरूषका भूल सुधार्ने कोसिस गर्नू पर्छ।
पुरूषले महिलाको बारेमा सबै भन्दा बढि गहन विचार गर्ने विषय भनेकै यौनको बारेमा हो। उनीहरूसँग सम्बन्धित यौनिक कुरा पुरूषहरूको जीवनको एउटा खुराक हो। आज जति पनि महिला माथी बढिराखेको यौन हिंसा छ त्यसको भागीदार पूर्ण रूपमा के पुरूष नै हुन् त ? मेरो केहि समय यताको सोचले पुरूष दोषी अलि बढि भए ता पनि मैले महिलाले यसमा अप्रत्यक्षमा रूपमा साथ निभाइ रहेको पाएको छु। महिलाहरू यहाँ नेर चुकिरहेका छन्। आज पुरूषले महिला माथि यौन दुर्व्यवहार गर्दा चाहे जति प्रतिकार गर्न नसकेको कुरा हामी देख्न सक्छौ। अझै पनि महिलाहरू समाजमा तिरस्कृत हुने डरले अन्याय र अत्याचार खेपेर बसिरहेका छन्। मानौँ यहि ठाउँमा पुरूषहरू माथि यौन दुर्वयवहार हुन्थ्यो भने के उनीहरू चुप लागेर बस्थे होलान् त? यो त सम्भव नै छैन। चर्को प्रतिकार हुन्थ्यो। महिला वर्गले आफूलाई पुरूषको तुलनामा तल सम्झेर पनि समाजमा यि धटना घटेका छन्। महिला माथि नराम्रो हुँदा के त्यो महिलाको मात्र ईज्जतको कुरा उठ्ने हो र? के त्यो दुराचारी पुरूषको विषयमा भने चाहिँ कुनै किसिमको प्रश्न नै नउठ्ने हो र? त्यसतो त होइन तर यो समाजले स्त्री जातिलाई पछौटे आँखाले हेरेकाले जहिले जुन अवस्थामा पनि महिला नै दोषी हुन पुगेका छन्। महिलाहरू पनि पुरूष जत्तिकै समान हुन् भन्छु म चाहिँ त्यहि एउटा यौनिकता कै कारण पुरूष बलियो भएको र महिला कमजोर हुने कुरालाई स्विकार्न सक्दिन। यौनिकता महिलाको सबै भन्दा शक्तिशाली पक्ष हो भन्छु जसलाई पुरूषहरू आफ्नो यौन तृष्णाले लत्याउन खोज्छन्।
अब यौन भन्दा पर बसेर सोच्दा पनि महिलाहरू अक्सर पुरूषको सोचको सिकार बन्न पुगेका छन्। मैले कुरा गर्न लागेको अर्को पक्ष भनेको विवाहित महिलाको हकमा हो। विवाहित महिलाहरू यदि आफ्नो पति वाहेक अन्य पुरूषसँग बढि नै हिमचिम गरेको पायौ भने त्यो एउटा पतिलाई पच्य कुरा नै हुँदैन। पुरूषहरूले यस्ता समस्या निम्त्याउनुका केहि कारण छन्। जस्तै कि स्त्री जाति उनीहरूका लागि निजी सम्पत्ति जस्ता हुन् जसमा अरूको कुनै पनि किसिमको हक छैन। मूलभूत समस्या भनेकै यहिँ हो। त्यहि स्त्रीलाई विवाह भन्दा अगाडि हामी स्वतन्त्र व्यक्तिको रूपमा हेर्न सक्छौ तर अब ऊ विवाहित भइसकेपछि कुनै निजी सामानको रूपमा हेर्न थालिन्छ। हामी यो कुराको ख्याल नै राख्दैनौ कि उसका पनि हाम्रा जस्ता चाहना हुन्छन्। उसका नि साथी भाइ हुन्छन्। समाजमा बसेपछि हरेक प्रकारका व्यक्तिसँग बोल्न पाउनु सबैको साझा अधिकार हो। प्राय स्त्रीको जीवन त्यहि भएकै कारण विवाह पश्चात सकिएको पनि हामीले थुप्रै देख्न सकिन्छ। अब हामी यसरी पनि सोचौ न के पुरूष मात्र आफूले चाहेका जो कोहीसँग बोल्न पाउने हो र? त्यहि भएर म के चाहान्छु भन्दा महिला पनि जो कोहीसँग बोल्दा प्रतिकार गरून् तर रिसको भावनाले चाहिँ होइन। पत्निले पनि कसैसँग आफ्नो पति बढि नै हाउभाउ सहित मस्केको देखेमा अनेक प्रश्न उठाउन जुन एउटा स्त्रीलाई उठाईन्थयो यदि ऊ त्यो पुरूषको ठाउँमा हुन्थी भनी। यस किसिमको कार्यले पुरूषमा आफूले गरेको कार्य प्रति आत्म बोध गराउछ। तर महिलाले पनि यो कुरा बुझ्न जरूरी छ कि उसले पुरूष माथि बदलाको भाव राखेर हेर्ने होइन ताकि उसले यस्तो कार्य गर्दा यो कुरा बुझ्न जरूरी छ कि पुरूषले जुन अधिकार प्रयोग गरेको हो उसले पनि त्यहि कुराको प्रयोग गरेको हो जान्न जरूरी छ।
महिलालाई घर भित्र मात्र सीमीत राख्न खोज्ने पुरूषहरूको आज पनि कमी छैन। हालाकि विगतको तुलनामा महिलालाई कुवाको भ्यागुतो बनाउने प्रचलनमा भने कमी आउन सफल भएको छ। तर अझै पनि कति पढे लेखेका शिक्षीत व्यक्तिहरू नै यस किसिमको कार्यमा संलग्न भएको देख्दा दुखी लाग्छ। त्यस्ता व्यक्तिहरूको नजरमा महिलाले घरमा खाना पकाउने, भाडा माझ्ने र बालवच्चा स्यासुसार गर्ने मात्र उनीहरूको काम हो भनेर सोचेका छन जुन विलकुलै सङ्कुचित सोच हो। यस्तै गतिविधिका कारणले नै गर्दा आज कति महिलाहरूको खुबी बाहिर आउन सकेको छैन। हुन् त यसमा म पूर्ण रूपमा पुरूषलाई दोष दिन भने चाहदिँन किनकि कति महिलाहरू विवाह पश्चात पतिको कमाइ मै वस्दा ठीक मान्ने खाल्का पनि छन् भने अर्का थरी कस्ता छन् भन्दा आफ्नो अधिकारको लागि लड्न नखोज्ने। यहाँ नेर हाम्रो समाजमा धेरै पहिल्यै देखि गलत प्रचलन चल्दै आएको छ। समाजमा स्त्रीलाई स्वाबलम्बी हुनु पर्छ भनेर कहिल्यै सिकाइएन। उसले पतिको सम्पत्ति उपभोग गर्ने हो भन्ने कुरालाई उसको मानसपटलमा बढि प्रबल बनाइयो। त्यसैले गर्दा पनि आज उनीहरू घरको चारकोठा भित्र बाँधिन पुगेका हुन्। त्यसरी नै एउटा पुरूष समाजको आदिकाल देखि हरेक कुराको लागि युद्द गर्दै आयो तर महिला सधैँ पुरूषको छाँया हुँदै पछि परे। यसको नतिजा आज तपाई हामी माझ छ। आज म एउटा पुरूषलाई महिलाले बन्दी बनाएको कुरा सोचिरहेको छु। महिलाहरूले के पुरूषलाई दमन गर्नै सक्दैनन्? महिलाहरूले किन सहज रूपमा पुरूषको दमनलाई स्विकारे म यो कुरा अाजसम्म आँउदा नि बुझ्न सक्दिन। पुरूषले त कहिल्यै महिलाको दमन सहने हिम्मत राख्दैनन यदि त्यसो गरेमा त उसको आत्मसम्मानमा चोट पुग्न जान्छ। महिलाले पनि आफनो आत्मसम्मानलाई पुरूषको भन्दा कहिल्यै सानो ठान्नु हुँदैन। पुरूषले गरेका गलत कामलाई गलत हो भनेर प्रतिकार गर्न नसक्ने महिला जमातका कारण पनि महिला हिंसा बढ्दै गएको हो। महिला वर्गले आफनो प्रतिकार नसुनिने र वेवारिसे हुने डरले आफ्नो आवाजलाई दबाउनु हुन्न। हुनसक्छ त्यसरी प्रतिकार गर्दा नै महिलाहरू एकजुट हुनका लागि डराउलान तर समाजमा केहि त्यसता असल पुरूषहरूको पनि कमी छैन जसले महिलाहरूको आवाज नै नसुनून। केहि पुरूष भित्र महिला पनि बाँचेको हुन्छ यो सत्यको बोध गर्न महिलाले पनि सिक्नु पर्छ।
महाभारत के के मुख्य कारणले भए होला भनेर विष्लेशण गरिने हो भने एउटा कारकको रूपमा द्रौपदी आउँछ। कसैले उसलाई राम्रो पात्रको रूपमा लिएका छन् त कसैले नराम्रो पात्रको रूपमा तर मेरो लागि भने महाभारतको एक उत्कृष्ट पात्र हुन उनी। द्रौपदी त्तकालिन समयमा सम्सत नारी जातिहरूको प्रतिक थिइन्। उनले त्यति बेलाको समयमा आफू माथि भएको हिंसा माथि चर्को रूपले राजा, महाराजा, बुद्दिजीवी वर्ग लगाएत सम्सत ऋषि महात्माहरूकै अगाडि विरोध गरेकी थिइन्। कुरूघरानकी बुहारीले यसरी विरोध गर्न सक्ने सामर्थय त्यति बेला त थियो भने आजका नारीहरू किन बोल्दैनन् म त्यहि बुझ्न सक्दिन। मैले सबै नारी जातिलाई इंगित गरेर भन्न खोजेको भने चाहिँ होइन। अधिकाङश महिलाहरूको सन्दर्भ भने यस्तै कुरा लागू हुने भएकाले भनेको। आजको समयमा हाम्रो समाजलाई द्रौपदी जस्ता नारीहरूको आवश्यक छ जसले आफू माथि भएको हिंसाको बारेमा प्रतिवाद गर्दा समाजमा मर्यादा पालन नहुने डर राख्दैनन्। आज हामीलाई नारीहरू बीच विचारको क्रान्ति आवश्यक छ। हामी समाजलाई बल र शक्तिले सुधार गर्न सक्दैनौ त्यसका लागि हामीलाई विचारको दमन सबैको मस्तिष्कमा हुन जरूरी छ। जब हामीसँग समाजमा शक्तिशाली विचार भएका महिलाहरू आउन थाल्छन् समाजका धेरै आयाममा परिवर्तन आउन थाल्छन्। समाज सधै पुरूषकै धारमा चल्ने हो भने महिलाहरू सधै चोटिल हुने छन् त्यसैले पनि अबको युगमा यदि महिलाहरू आफ्नो छुट्टै पहिचान चाहानछन् भने अग्रगामी विचार र ढृणताका साथ अघि बढ्नु जरूरी छ। समाजले के सोच्छ यो प्रश्न हुनु हुँदैन। समाजमा महिलाहरू प्रति कस्तो विचार राखिनु पर्छ त्यस्ता कुरा बुझाउन जरूरी छ । समाजमा हामी मर्यादित हुँदैनौ कि भन्ने डर पाल्नु भन्दा नि समाजलाई कसरी मर्यादित बनाउने त्यता तिर सोच्नु बढि आवश्यक महशुस गर्दछु। यस्ता यावत जटिल प्रश्नहरू अझै छन् जसलाई महिलाहरूले बिना कुनै हिचकिचाहट सोच्नु पर्ने हुन्छ। त्यसपछि मात्र समाज महिला मैत्री हुने छ।
लेखक- सुशीलराज सुवेदी