पुँजीवादी संरचनालाई कोरोनाको प्रभाव – Sushil Raj Subedi

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले हरेक मुलुक सामाजिक तथा आर्थिक रूपले ग्रसित हुन पुगेको छ । विश्वमा शक्तिशाली राष्ट्रका रूपमा उदाएका चीन र अमेरिका जस्ता देशले पनि आफ्नो अर्थतन्त्र माथि काबु पाउन सकिरहेको परस्थिति छैन। अर्थतन्त्रमा परेको यो असरले गर्दा एसियाली मुलुक देखि युरोप र अन्य थुप्रै देशहरू चपेटामा परेका छन्। विश्व भरि नै अहिले धेरै राष्ट्रमा लकडाउनको अवस्था छ । यस्तोमा बेरोजगारहरूको सङ्खया बढने देखि उद्दोग कललारखाना तथा थुप्रै व्यावसायिक संस्थाहरू बन्द हुन पुगेका छन्। जसले गर्दा देशको अर्थतन्त्र खस्किदैँ र व्यक्तिगत पुँजीमा ह्रास बढ्दै गएको छ। विश्वको अर्थतन्त्रलाई नियन्त्रणमा राख्न मुख्य भूमिका निर्वाह गरेको पुँजीवाद नै धरासायी स्थितिमा पुग्नसक्ने भए पछि पूरै विश्व नै संकटको घडीमा छ। तर यसको पूर्ण असर चाहिँ कति लामो समय पछि देखिन्छ भन्ने कुरा विश्वमा भाइरसले कति समयसम्म शासन गरिेाख्छ, त्यसले निर्धारण गर्छ ।

अहिले विश्वभरि नै बेरोजगार हुनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो अवस्थामा छ। कलकारखानाहरू बन्द हुने अवस्थामा छन् र कतिपय त सञ्चालनमा पनि छैनन्। निजी व्यावसायिक संस्थाहरू पनि थप्प छन्। सञ्चालनको नाममा किराना पसलहरू भने फ्याट्टफुट्ट खुलेका छन्। यसले गर्दा व्यक्तिको आम्दानी तथा करपोरेट संस्थाको आयआर्जनमा पनि असर परिराखेको छ। अहिले लकडाउन खासै त्यस्तो लामो समयसम्म जारी रहने कुनै पनि किसिमको आधिकारिक सूचना नअाए पनि लकडाउन बढ्ने सम्भावना भने चाहिँ पूर्णरूपमा देखिन्छ। यस्तोमा दिनहुँ ज्यालामजदुरी गरेर खाने वर्गलाई त अत्यन्त समस्या नै पर्नेछ भने पुँजी भएकालाई चाहिँ के गर्ला? के उनीहरू समस्यामा नपर्लान भन्ने हो? के पुजीँवादको भावना कोरोनासँगै सकिएला त? साइफाई फिल्महरूमा प्रेडिक‌स्नमा देखाइने कुराहरू जस्तै यि प्रश्नहरू पनि मिल्दोजुल्दो छ। झट्टै हुन नस्कने तर अवस्था यस्तै रह्यो भने हुन पनि सक्ने।

 लकडाउनको बेला हामी अहिले सबै जनताहरू घरभित्र थुनिएका छौँ। यस्तोमा हामीलाई आवश्यक पर्ने महत्वपूर्ण कुरामा आवास र खाना पर्दछ। नेपाल जस्तो विपन्न देशमा यस्तो बेला सबै व्यक्ति आवास र खाना तथा अन्यआवश्यक सामग्रीको व्यवस्था गर्न सक्षम छैनन्। हामीसँग वास्तवमा राज्य बाहेक अरू कोही छैन तर यस्तो बेला बिडम्वना कस्तो छ भने यस्तो महामारीको बेला त मेडिकल सामग्री किन्ने विषयमा भ्र‌ष्टचार गर्न त पछि हटेनन् भने के अब हामी साँच्चैमा सुरक्षित महशुस गर्ने अवस्थामा छौँ? युरोपियन देशमा र अमेरिकामा राज्यले बेरोजगार भत्ता दिइराखेका छन् तर नेपालमा त्यस्तो सम्भव छैन। यसरी यि राष्ट्रहरूले आफ्नो देशका नागरिकको सुरक्षा गर्न तत्पर छन्। यो लकडाउन अनिश्चितकालिन रूपमा घोषणा भयो भने अति नै उच्च वर्गले त यो संकटको चुनौतीलाई टार्न सफल होलान् तर त्यस अतिरिक्त अरूले के गर्ने? र अलिकति पुँजी भएको वर्गलाई केही समयसम्म त असर नगर्ला र यो सहि पनि हो। तर परिस्थिति विकराल बन्दै गएमा पैसा मात्र पक्कै पनि सबै थोक हुन सक्दैन। यसले सबै वर्गलाई उत्तिकै असर गर्छ। आजका दिनसम्म धनी र गरिबको रेखाङ् हुँदै आएको छ तर कोरोना असर विकराल हुँदै गए यो पुजीँवादी संरचना यस्तै रहला त? 

अब एकछिन हामी कल्पनाको दुनियाँ तिर लागौँ। आजको दिनसम्म सबै मान्छे सहर तिर खाँदिएर बसेका छन्। पैसा कमाउने रहरले र चपेटाले देशकाे प्राय युवा समुदाय विदेश तिर हानिएका छन्। त्यसैले गाउँघर रित्तिएको छ। जग्गा बाँझो छ। अन्न उब्जनी अत्यन्त न्यून छ। त्यसैले देशले आधा भन्दा बढी खाद्दान्न चीन र भारतबाट निर्यात गरिराखेको समय छ। तर कोरोना संकट दीर्घकालीन भए यि देशले पनि अहिले जसरी खाद्दान्न ढुवानी गर्न असमर्थ हुने छन्। सहरमा हुर्केको पुँजीवादले अब के गर्छ? गाउँ रहेको गरिबी के झन् विकराल होला? यो कोरोनासँगै उत्पति भएको गम्भिर प्रश्न छ । परिस्थिति बदलिन समय लाग्दैन त्यसैले गाउँमा अहिले जेजस्तो वार्तावरण छ त्यसमा ठूलो परिवर्तन आउन सक्छ। विदेश गएकाहरू फर्किने चरणमा छन्। सहरमा बसोबास गरिराखेकाहरू पनि गाउँ फर्किने चटारोमा छन्। अब गाउँमा पनि खाद्दान्न अभाव हुन्छ तर गाउँसँग वैक्लपिक उपाय छ। त्यहाँ कृषि छ। विदेश र सहरबाट फर्केको युवा शक्तिले माटोमा समय बिताए देशले अर्को अनुहार देख्न पाउनेछ।  सहर गाउँमा निर्भर हुन थाल्छ। युवाहरूलाई विदेश जानु पर्ने अवस्था रहदैँन। सहरका केटाकेटी आफ्नै माटोमा पढ्नेछन्। गाउँका युवा काम गर्न सहर जानेछैनन्। युवाहरू गाउँमै समपन्नशाली हुनेछन् । गाउँको पैसा सहर जाँदैन र गाउँमै खर्च हुन्छ। यसरी पुँजी गाउँमा पनि जम्मा हुन थाल्छ। यस्तो भए पुँजीवादी भावना विलिन भएर जानेछ। पुँजीवादी समाज अोरालो लागेर, समानताको भावना विकास हुन थाल्ने छ आखिर जब पारस्पारिकता जति धेरै बढ्दै जान्छ यसले पुजीँवादी भावनालाई हटाउँदै जान्छ। यसरी सहरबाट व्यवसाय गर्न मान्छेहरू गाउँ आउन समेत बेर लाग्दैन जुन भन्ने हो भने आजको समाजको माग हो । जहाँ जनशक्ति हुन्छ त्यता नै व्यवसाय हुन्छ यो हेतुले पनि गाउँमा व्यवसाय फस्टाउनेछ ‌। यसरी सहर मात्र उन्नत नभएर गाउँ पनि उन्नतिको बाटो तिर अग्रसर हुनेछ। तसर्थ गाउँ र गाउँबासीले हेपिएको महशुस गर्नेछैनन्। खैर यो एउटा कल्पना हो जुन साकार हुन भने बेर लाग्दैन ।

कोल्टे परेर सोच्दा फेरि अर्को कल्पना आयो जसले पुँजीवादलाई मेटाउनेछ। अहिले अस्पताल, शिक्षण संस्था तथा ठूला व्यावसायिक संस्थाहरू धेरै जसो व्यक्तिगत तवरबाट सञचालन भइराखेका छन् तर अब मूल प्रश्न कहिलेसम्म निजी संस्थाहरू व्यक्तिगत तवरबाट चल्ने सामर्थय राख्लान यो बढो चुनौतीको विषय छ। यदि कोरोना संकट दीर्घकालीन भए निजी व्यवसायीकर्ता राज्यको शराणमा आउनु पर्नेछ र यसको राष्ट्रियकरण गर्नु बाहेक अर्को उपाय रहने छैन।  जब राज्यद्वारा यि सञ्चालनमा आए पछि त्यहाँ धनीगरिब भन्ने कुरै रहदैँन। यसरी एउटा युगको सुरूवात हुन बेर लाग्ने छैन हालाकि यो एउटा कल्पना हो।

र कोरोना असर दीर्घकालीन रहे पुँजीवादी संरचनामा ठूलो फेरबदल आउनेछ। पुँजी भएकालाई कोरोना असर केहि समयलाई मात्र रहे परिस्थितिमा त्यति असर नपर्ला तर दीर्घकालीन भयो भने अरू वर्गसँगै सहोदर भागीदार हुन बाहेक अर्को कुनै उपाय छैन। अहिले हामी यस्तो हुन पनि सक्ला भनेर आँकलन गर्ने अवस्थामा मात्रामा छौँ र केहि प्राम्भिक लक्षणहरू पनि देखा पर्न थालिसकेका छन्। कुरा यहाँ मात्र रह्यो कि,हाम्रो आर्थिक भारलाई पुँजीवादले एउटा विन्दुसम्म दर्हो असर गर्नेछ र पछि सबैको समान अवस्था सृजित भए पछि पुँजीवाद विलिन भएर एउटा नयाँ युग सुरू हुन सक्नेछ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s