वानेश्वरको रूफटपमा बसेर चिया नखाई कन म प्राय घर जाँदिन। मंगलबारको दिन थियो म रूफटपमा चिया पिउन पसे। पस्ने बित्तिकै मैले केहि नभनी एक कप चिया र एक खिल्ली सूर्य रेड सधैँझै ल्याइदिनु भयो। चियाको चुस्की लिनु भन्दा अगाडि मैले चुरोटको अोठलाई म्वाई खाएँ। चुरोट सल्काउँदै गर्दा ठिक मेरो अगाडि मेरै उमेर समान कि मसरुम कट कपाल काटेकी र अोरेन्ज-ह्वाइट कम्पलेक्सन भएकी केटी हातमा चुरोट लिएर चिया पिउँदै बसेकि थिइ।
त्यति नै बेला बाहिर पानी दर्किन थाल्यो। मुसलधारे पानी जसरी बर्सियो। मसँग छाता थिएन। पानी बिदो नभई घर जाने विकल्प थिएन। म बसेको साइड तिर झ्याल नभएकाले पानीका बाछिट्टाले बसेको टेबल भिजि सकेको थियो। त्यसैले नि मेरा आँखा हातमा चुरोट लिएर बसेकी केटी पट्टि पुग्यो। ऊ सेफ साइडमा थिई। मलाई पनि सेफ साइडमा ल्यान्ड गर्न अप्रत्यक्ष शैलीले चुरोटको लामो सर्को तानेर बोलाउँदै थिई । हाम्रा आँखा बेला बेला ठोकिन्थे र फेरि रिबाउन्ड भएर होटेल भरि नाँच्थे। मेरो मनमा पनि यहीँ घटना घटि रहेको थियो ।
अनेकथरी प्रश्नको गोलाबारी भईरहेको थियो तर कुनै बम समानको प्रश्नले उसको सेफ साइडलाई तरङ्गीत गर्न सकिरहेको थिएन। पानीले म बसेको कुर्सी नै भिज्ने अवस्था आए पछि सामान्य पावरको ग्रेनाइड फाले।
“मे आई कम देयर टु सिट?”
उसले मुस्कुराउँदै भनी,” हुन्छ! सियोर”
म प्राय मोर्डन एेजका युवायुवतीलाई केही कुरा सोध्न मन लागे अङ्ग्रेजीमा सोध्छु फर सिमप्लीसिटी र फेरि उत्तर दिनु परे चाहिँ अङ्ग्रेजीलाई नेपालीमा घोलेर दिन्छु। यसो गर्दा उनीहरू बढी कम्फर्ट जोनमा भएको महशुस गर्छन्।
मेरो चिया सकिसकेको थियो। चुरोट चाहिँ सकिन लागेको थियो। पानी अझै पर्दै थियो। उसको नि चिया र चुरोट दुबै भ्याइ सकिएको थियो। सायद उसँग पनि छाता थिएन र छाता बनेर आइदिने मान्छे पनि थिएन त्यसैले मेरो जस्तै पर्खाइ थियो; पानी बिदो हुने। फेरि एक छिन अनुहारमा हेराहेर भयो। न त म नै बोल्न सके न त उ नै । आँखै आँखाले कुराकानी भयो, आँखाको भाषामा । यो भाषा भनेको सिकारू मान्छेले पहिलो पटक पन्ध्र वा बिस ml दारूसँग पानी मिसाएर खाँदाको नसा हो। त्यसैले सुरू तिर राम्रै ट्रिप दिन्छ समय बित्दै गए पछि खल्लो लाग्छ। त्यसैले लामो समय ट्रिप दिन बात मार्नु बाहेक अर्को उपाय थिएन।
मैले निट दारू खाने सोच गरे र फयाट्टै सोधे,” किन केही नबोल्नु भा’को?
उसले याटिट्यूडसाथ भनी,” बोल्नै पर्छ र?”
यस्तो ठाडो जवाफ आए पछि दारू भन्दा तितो लाग्यो। एक छिन वार्तावरणमा सन्नटा छायो।
तर पनि हिम्मत गरे कडा पावर वाला ग्रेनेड फाल्ने ।
त्यहीँ आशामा भनिदिए,” त्यसो भनेको होइन। तपाई किताब जस्तै हुनुहुन्छ कि लागेर सोधेको?”
” कभर पेज कि कन्टेन्ट” उसले पनि व्यङ्गय गर्दै भनी।
यति भने पछि मेरा गालाले मुस्कुराउने बाटो पाएँ। मलाई व्यङग्य गर्ने र बुझिदिने मान्छे अलिक प्यारो लाग्छ। व्यङ्गयमा जुन मजा छ त्यो अरू कुनै शैलीमा कुरा गर्दा आउदैन सायद। मैले अर्को व्यङ्ग्य थप्दै भने,” मौसमले तातो खोस्यो। केही तातो लिने कि?”यति भन्न साथ उनले त्यहाँ वेटरलाई दुई कप कालो चिया र दुईटा सूर्य लाइटको लागि डाकिन।
चिया र चुरोट आइपुग्यो र हामीले सँगै सल्कायौ। पहिलो पफ ताने पछि सोधे,” के गर्नुहुन्छ?”
” एउटा बिजनेसमा अकाउटेन्टको काम गर्छु।”
“तपाई नि?”
“म पढाउँछु कलेजमा।
“पफ लिदैँ उनले सोधिन्,” म्यारिड र नट?”
मैले लज्जाभाव साथ भने,” गेस ह्वाट?”
“अनम्यारिड”
“यस”
यसपालि चाहिँ चियाको चुस्की लिँदै भने,” तपाई चाँहि विवाहित कि अविवाहित?”
उनले सोझै भनिन,” के लाग्छ तपाईलाई?”
“अनम्यारिड”
“यस”
” तर यो प्रश्न निकै परको थियो जस्तो लाग्यो। यति नजिकको बनाउनु भयो, किन नि?”, मैले उसको मन चोर्ने उद्देश्यले सोधे।
उसले पनि जबाफ यसरी फर्काइ कि मानौँ मेरो मन चोर्दै छे,” साथीको विहे हुन लाएको छ। लास्टै स्ट्रेन्जर केटा खोज्न भनेकि छे।
“मैले मुस्कुराउँदै भने,” यो केसमा कुनै विदेशी केटा बढी परफेक्ट होला।
“आफ्नो मुस्कुराहट रोक्ने प्रयत्नमा नङ्ग टोक्दै भनिन्,” इट्स अपस्नल”यति भने पछि म मुस्कुराए। केही बेर हामी साइलेन्ट बस्यौ।
हामी अत्यन्तै छोटो लाग्ने कोड ल्याङ्गवेजमा बोलेको जस्तो अनुभूति भइरहेको थियो। तर छोटो भाषा भए तापनि यस्तो संवादमा बेग्लै मिठास आईरहेको थियो।
वार्तावरणको सेनटिमेन्टलाई महशुस गर्दै हाम्रो गफ अब नअन फर्मल हुन थाल्यो।
उसले चुरोटको लामो सर्को लिदैँ भनिन्,”फिल्म हेर्नु हुन्छ?आई मिन टु से ईङ्गलिस मुभी”उनको यो प्रश्नले मन चङ्गा भयो। खासमा कसैले अङ्ग्रेजी फिल्मको बारे सोधिदिन्छ भने त्यो मान्छेसँग पहिल्यै देखि चिनजान छ कि झैँ लाग्छ।
मैले हर्षित हुदैँ भने,” हेर्छु! अौधी राम्रो लाग्छ।”
” कुन चाहिँ फेभरेट हो नि?”
” अक्सिजन फालेर जीवन्त तुल्याउने मुभी जति सबै फेभरेट हुन्!”
” सिधा सोधेको,सिधा उत्तर दिनुस्! फिल्मी बनि राख्नु पर्दैन।”मैले फेरि मुस्कुराउँदै भने,” इन टु दि वाइल्ड र 127 आवर यि मुभी वाइल्ड लाग्छ, न्तपाईलाई?”
“तपाईका च्वाइससँग मेरो च्वाइस पनि जुध्यो। मलाई प्राय एडभेनचेरस मुभी नै पनि प्रिय लाग्छन्। चे ग्वेभाराको मोटरसाइकल डायरी फेभरेट हो।”
” वाह! कस्तो मिठो फिल्मको नाम लिनु भयो।”मलाई कस्तो अनुभूत हुन्छ भने मनपरेका फिल्म प्रति लाग्ने माया आफ्ना बालबच्चालाई गरिने माया जस्तै हुन्छ । यो फिल्मको नाम सुन्दा त्यस्तै भयो।
पानी अझै बर्सिराको थियो। बाटा वरिपरि मान्छे कोही सटर तिर त कोही चिया पसल तिर अोत लागेर बसिरहेका थिए। हाम्रा गफ स्लो स्पिडमा गइ रहेको थियो। साइकलको गतिमा। बेला बेला रोकिन्थ्यौ त्यसपछि फेरि सुरू गर्थ्यौ गफ गर्न। मानौँ हामी साइकल यात्री भएर लामो म्याराथनमा निक्लेका छौँ।
मैले सोधी हाले,” किताब कत्तिको पढ्नु हुन्छ?”उनले अल्छी मान्दै भनिन,” फुर्सदको बेला पढ्छु। मलाई फिक्सन रमाइलो लाग्छ। तपाई नि?”
“मलाई फिलोसोपी मनपर्छ। किताब भने चाहिँ पढिराको हुन्छु।”, मैले भनेफिलोसपी भने पछि उनले आँखा तर्दै भनिन,” तर तपाई अति नै सरल सुनिनु हुन्छ।”
“खै! परिस्थितिमा निर्भर गर्छ जस्तो लाग्छ।” यति भने पछि म तिर मुस्कुराउँदै हेरिन।
हाम्रो चुरोट र चिया सकिसकेको थियो। मैले फेरि अर्डर गर्ने सोच गरे। यो पालि मैले उनलाई सोधे,” लेट्स गो फर लेमन टि एण्ड आर्टिक?”
” अोके!” उनले भनिन।
मैले वेटरलाई अर्डर टिपाए। एकै छिनमा चिया र चुरोट आइपुग्यो। यो पालि सेकेन्ड गियरमा गफलाई कुदाउन मन लाग्यो।
त्यसैले सोधे,” जीवनमा के गर्न चाहनु हुन्छ ?
“उनले खुशी हुदैँ भनिन,” नट फिक्सड गोल एट । पैसा कमाए भने घुम्न चाहिँ मन छ।”
“मिठो कुरा गर्नु भयो। मलाई पनि त्यसरी नै घुम्न मन छ।”, मैले जिस्किदैँ भने,” विल यु गिभ मि कम्पनि?”
उसले पनि उडाउँदै भनि,” डु यु ह्याभ करेज टु बि विद मि? म अलिक अप्ठ्यारी छुँ।”
” म मेकानिक्स बन्न सक्छु।”, उत्साह भावमा भने।
“इट्स फाइन।” सरल हुदैँ भनिन।
उनले सफ्ट मुस्कान दिँदै सोधिन्,” यो पानीले तपाईलाई जासुसी बनायो, है?
“मैले हाँस्दै भने,” तपाई म भन्दा बाठो हुनुहुन्छ।”
उनले पनि हाँस्दै थपिन्,” यु आर भेरी भेरी क्लेभर!”
पानीलाई पनि हाम्रा गफ स्वीट लागेर होला अझै पानी पर्दै थियो। वार्तावरणमा एक छिन मौनताको बादल छायो।
“अन्जान मान्छे सँग बोल्दा कस्तो लागि रा’छ?”, मैले अक्समात कुराकानीको शैली भन्दा फरक प्रश्न सोधे।” रमाइलो “, कम्फर्ट जोनमा भए जसरी उत्तर दिइन। ” हजुरलाई?”
” एडभेनचेरस” मैले मख्ख पार्ने गरी भने। तर ऊ मख्ख परिन बरू पफ लिदैँ मेरो कुरा उडाइदिइ।
उसँग याटिट्यूड थियो। मैले सुरूमै विचार गरेको थिए। मान्छेसँग बोल्नुको मजा त्यति नै बेला बढी हुने रहेछ जति बेला उसको स्वभाव के कस्तो छ त्यो कुराको वास्ता हुन्न। उसँग पनि त्यस्तै भइरहेको थियो। म सुनाउँछु ऊ सुनिदिन्छे। ऊ भन्छे म सुनिदिन्छु। यसरी भन्दा रोमान्टिक नसुनिए पनि गफिदाँ रोमान्टिकनेसले टच गरेको थियो। यसलाई ठ्याक्कै विम्बमा भन्दा हामी समुद्रका छाललाई हेरेर समुद्रमा पौडि रहेका थियौ।
बोल्दै गरेको धुनमा हाम्रो चुरोट र लेमन टि दुबै सकिसकेको थियो। त्यसैले मैले यो पालि चुरोट अर्डर नगरी कफीको लागि मात्र फर्माइस गरे। नभन्दै कफी आइ हाल्यो। यो रूफटपको विशेषता नै यहीँ छ कि यहाँको सर्भिस टु क्विक एण्ड गुड छ।
अब गफलाई अलिक फर्मल बनाउने कोसिस गर्दै सोधे,” हजुर, यता कहाँ बस्नु हुन्छ?”
” बुद्धनगर”, उनले भनिन,” तपाई?”
” म गवार्को”, कफी पिउदैँ भने।
“हिडेँर आउनु हुन्छ?”
” नाई, साथीले ड्रप गरिदिन्छ।”,”तपाई?”
” म पब्लिक बसमा आउँछु।”
” यो रूफटपमा सधैँ आउनु हुन्छ?”
” हजुर सधैँ जसो आउँछु। यहाँबाट अफिस नजिकै छ।”
” ग्रेट! तर म पनि सधै आउँछु। आज बल्ल देखे।”
” म तल ग्राउण्ड फ्लोरमा बस्थे। आज भिडभाड रहेछ त्यसैले माथि आएँ।”
” त्यहीँ भएर नदेखिने रहेछ हजुरलाई”
हाम्रो गफ फर्मल हुदैँ गए जसरी मौसम पनि फर्मल हुदैँ गयो। पानी कम हुदैँ आयो। हामीले उठ्ने विचार गर्यौ। उठ्नु भन्दा अगाडि वेटरसँग विल मगायौ। आधा-आधा गरेर पैसा तिर्यौ।
जाने बेला खुशी हुदैँ भने,” विस टु मिट यु नेक्ट टाइम”उनले मन्द मुस्कान दिदैँ भनिन,” हेरौँ! गडको प्लान के छ?” उनले यति भने पछि म मजाले मुस्कुराए।
रूफटपबाट निस्के पछि फेरि एउटा एउटा सूर्य लाइट बालेर घर तिर लाग्यौ।