बाउण्ड्री – Sushil Raj Subedi

अचेल जिन्दगी जिउँदा त्यति भारी लाग्दैन यसको मतलब यो होइन कि मसँग भार नभएका होइन्न। दुखका तपशील आफ्नै छन्। चाहनाका आफ्नै चाङ्ग छन्। फ्रस्ट्रेसनका छुट्टै डायरी छन्। तर पनि जिन्दगी जुन आयाम रोजेर हिँड्छु भनेको छ त्यो देख्दा मुटु बेलुन भएर फुल्छ र एक छिन यो बृहत आकाशमा उड्न दिन्छु। मलाई उड्नु मात्रै छ उडेको बेला। मलाई गुड्नु मात्रै छ जमिनमा भएको बेला। मलाई पौडिनु मात्रै छ पानीमा डुबेको बेला। म जहाँ जुन सुकै अवस्थामा भएको बेला नि आकाश खोज्ने गर्छु र त्यो आकाशको अराजक नागरिक भएर मनमौजी गर्न रूचाउँछु। जसलाई म ‘सेल्फ कन्सट्रकटेड फ्रिडम अफ माई लिभिङ्ग कन्डिसन’ भनेर पनि भन्छु। अर्थात आफूले बाँचेको परिवेशमा फ्रिडम खोज्ने भन्दा पनि कन्सट्रक गर्छु किन कि कसैबाट स्वतन्त्रताको प्राप्ति हुने होइन। कसैले जफत गरेर राखेको हुदैँन। नचाहिने बन्धन र सीमाहरू भत्काएर आफ्नो बाउन्ड्री आफैँले ठूलो बनाउने हो। म आफैँले यहिँ कुरा एउटा कवितामा लेखेको छु।

“हुरी बतासलाई आउन देऊ
भत्किन मन भएका सबैलाई भत्किन देऊ
भत्किन डर मानेर बसेका तिनलाई पनि उड्न देऊ 
केही नरोक सबैलाई बग्न देऊ…”

जिन्दगी हलुका लाग्नु पछाडि यो बाउन्ड्रीको कुरा मुख्य छ। म बेला बेला सोच्नु गर्छु। सानो हुँदाको कुरा हो। म उधुमै क्रिकेट खेल्थे। मलाई ब्याटिङ्ग र बलिङ्ग दुवैमा उत्तिकै शोक थियो। बलिङ्गमा अफ स्पिन गरिन्थ्यो र यता ब्याटिङ्ग ठिक ठाक गरिन्थ्यो। तर मेरो बलिङ्गका लागि भने चाहिँ सधैँ भरि छुट्टै किसिमको मोह रह्यो। तर मैले खेलेको पहिलो ग्राउण्ड त्यति ठूलो भएन र पिच पनि सानै थियो जसका कारण पछि क्रिकेट प्रतिको लगाव सकिन पुग्यो। सायद त्यही भएर होला त्यहाँ खेल्दासम्म धेरै विकेट लिइयो र हेभी रन बनाइयो। लगभग त्यति बेलाको आफैँले स्वघोषित गरेको च्याम्पिएन थिए। उक्त मैदानमा करिब ३-४ वर्ष जति खेलियो कि जस्तो लाग्छ ! अहिले मेरो मेमोरी त्यति फ्रेस भएन। पछि ठूलो हुदैँ गए पछि क्रिकेट खेलिन्थ्यो तर पहिलाको अनुपातमा कम र फरक फरक ग्राउण्डमा खेलिन्थ्यो। मेरो क्रिकेटिङ्गमा त्यसपछि समस्या देखिन थाल्यो। म सानो बाउण्ड्री भएको ठाउँमा धेरै नेै समय खेलेकाले मैले विकेटसम्म राम्ररी बल थ्रो गर्न सक्दिन थिए त्यसैले म कहिले स्पिनर भए त कहिले फास्ट बलर। रह्यो ब्याटिङ्ग, बलको स्पिड ट्रयाक गर्न नसक्दा धेरै बेर क्रिजमा बस्न सकिएन र धेरै सटमा कमजोरी देखिए। कमजोरी केलाउँदै गए धेरै छन् र सुधार्न वाँकि पनि युप्रै कुरा छन् सायद जीवनको समयमा फेरि एकपटक क्रिकेटसँग जोडिए भने त्यति बेला सकेको सुधार गर्छु।

अब कथाको कमजोरी केलाउँछु। सानो बाउण्ड्रीमा खेल्नु मेरो कमजोरी थिएन ताकि सानोबाट ठूलो बाउण्ड्रीमा गएर रेगुलर प्रयाकटिक्स नगर्नाले मेरा कति कमजोरी सधैँका लागि कमजोरी रहे। आज पनि कतै क्रिकेट खेल्नु परि हाले ब्याटिङ्गबाट पछि हटेर बलिङ्गमा अग्रसर हुन्छु। हलुका वार्मअप गरे ‌पछि मात्र बलिङ्ग गर्न सक्छु। ग्राउण्ड कन्डिसन हेरेर स्पिन वा पेस गर्ने कि भनेर डिसाइड गर्छु। 

अब अघि देखि मैले कुरा गरेको बाउणड्री तिर फर्किन्छु। सायद मैले ठूलो बाउण्ड्री भएको ठाउँमा गएर खेल्ने निर्णय सानो समयबाटै गरेको भए क्रिकेट प्रति म अझै फराकिलो हुन्थे कि जस्तो लाग्छ। ठूला ग्राउण्मा आज पनि कसैले क्रिकेट खेलेको देखे, आफू गएर त्यहाँ खेल्नु भन्दा अगाडि एकछिन सक्छु कि सक्दिन भनेर सोच्नु पर्छ। त्यसैले हामी जुन बाउण्ड्रीमा बाँचेका हुन्छौ हामी त्यही वार्तावरण सृजित च्यालेन्जसँग जुधिरहेका हुन्छौँ। ‌ठूला आयामहरूमा प्रवेश गर्न त्यही अनुसारको सीमा चाहिन्छ। जिन्दगी हलुका लाग्नुको पछाडि पनि मैले कन्सट्रक गरेकै बाउण्ड्रीको नतिजा हो। मैले दुखलाई मात्र अटाउने ठाउँ बनाइन। फ्रस्ट्रेसनले मात्र वमिट गर्ने वेसिन बनाइन। ताकि जिन्दगीले चाहेको कविता, कथा, पेन्टिङ्ग वा कुनै रचनात्मक कुरा गर्ने ठाउँ पनि बनाइ दिए। बोरिङ्ग लाईफको थियोरीलाई च्यालेन्ज गरे। मैले म भित्र आकाश निर्माण गर्न खोजे। तारा सजाउन थाले। जूनलाई बोलाउन थाले। रातलाई अँगालो मार्न थाले। म मिल्की वे ग्यालेक्सी परिक्रमा गर्न थाले। ब्रहमाण्ड देेखे। बेला बेला खुशीले सीमा देख्दैन थियो त्यति बेला म आफैँ भित्र हराए।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s